Logo

प्रतिनिधिसभा विघटन संविधानलाई असफल बनाउने खेल भएको मन्त्री कार्कीको भनाई



काठमाडौँ, ५ पुस। सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अधिनायकवादतर्फ धकेल्न खोजेको बताएका छन् । नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन समाजवादी प्रेस संगठनले आज (सोमबार) आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले प्रतिनिधिसभा विघटन संविधानलाई असफल बनाउने खेल भएको बताए ।

सम्बोधन गर्दै मन्त्री कार्कीले भने, ‘संविधानले परिकल्पना नगरेको र भावना तथा इच्छा विपरित प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई अन्ध्यारो सुरुङतर्फ ढकेल्ने प्रयास भएको थियो । त्यसको विरुद्धमा जे जति आन्दोलन भए । नेपाली जनतालाई एकजुट भए। अधिनायकतर्फ धकेल्ने प्रयास गरेका थिए । त्यसलाई पाँच दलीय गठनले परास्त गरेको छ । विघटन संविधानलाई असफल बनाउने खेल अन्तर्गत भएको थियो ।’



प्रतिक्रिया दिनुहोस्