Logo

केपी ओलीलाई रोक्यौँ तर प्रतिगमनको खतरा कायमै छ : बाबुराम भट्टराई



काठमाडौँ, ५ पुस: जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले केपी ओलीलाई रोकेको भए पनि अझै प्रतिगमनको खतरा कायमै रहेको बताएका छन् । नेकपा समाजवादी पार्टीले पुस ५ लाई प्रतिगमन दिनको रुपमा लिँदै गरेको कार्यक्रममा उनले यतो बताएका हुन्।

उनले भने, ‘हामीले केपी ओलीलाई त रोक्यौँ तर प्रतिगमनको खतरा अझै छ। पार्टीहरु पनि स्खलित हुँदै गयौँ । लम्पट हुँदै गयौँ । दक्षिणपन्थी शक्ति हाबी हुन सक्छन् ।’

एमसीसीमा पनि राष्ट्रिय सहमति कायम राख्दै गठबन्धन पनि चुनावसम्म कायम राख्नुपर्ने उनले बताए । उनले थपे, ‘प्रतिगमन निस्तेज नभएसम्म गठबन्धन कायम राख्नुपर्छ, फेरि टाउको उठाउन दिनुहुँदैन। कम्तिमा चुनावसम्म गठबन्धन कायमै राख्नुपर्छ ।’-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot