Logo

इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी



काठमाडौँ, ५ पुस। काठमाडौंका नयाँ बानेश्वरस्थित रहेको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी भएको जनाइएको हो ।

आगो निभाउनको लागि सुरक्षाकर्मीसँगै स्थानीयले समेत सहयोग गरिरहेको जनाइएको छ । आज (सोमबार) दिउँसो विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । अहिले काठमाडौं महानगरपालिकाको एउटा दमकल आगलागी भएको क्षेत्रमा पुगेको छ । जसले आगो निभाउने प्रयास गरिरहेको छ ।

 

-Photo By: Mukunda kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot