Logo

आज थप एक जनाको मृत्यु



काठमाडौं, ५ पुस। कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज नेपालमा कोरोनाका २ सय २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ९ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै,आज २ सय ६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ९ हजार १ सय ५५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ४ हजार १ सय ४१ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्