Logo

बहादुरगन्जको विशाल जनसभालाई सम्बोधन गर्न कपिलवस्तु पुगे ओली



काठमाडौं, पुस ६ । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु पुगेका छन् ।

जिल्लाको बहादुरगन्जमा आज आयोजना हुन लागेको जनसभालाई सम्बोधन गर्न ओली सोमबार साँझ रुपन्देही पुगेका हुन् । ओली सोमबार साँझ रुपन्देहीको मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा बसेका थिए ।

आज बहादुरगञ्जमा हुने विशाल जनसभाबाट नेपाल समाजवादी लगायतका पार्टीका कार्यकर्तालाई एमालेमा भित्र्याउ नेकपा (एमाले)ले नाम टिपाउने काम भईरहेको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्