काठमाडौं, ६ पुस । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको छैठौं साधारण सभा आज हुँदैछ । बैंकको सभा केन्द्रीय कार्यालयको सभाहल, केशरमहल, काठमाडौंमा दिउँसो ११ बजेदेखि हुने भएको हो ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक आर्थिक विवरण अषाढ मसान्त २०७८ को वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायतका प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले आर्थिक वर्ष ७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र ७८ र ७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।