Logo

सभामुखले गल्ती नसच्याएसम्म एमालेले संसद् चल्न दिँदैन् : डा. राजन भट्टराई (भिडिओसहित)



काठमाडौं, ६ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता डा. राजन भट्टराईले अहिलेको संसद्ले आफ्नो भूमिका आँफै निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गल्ती नसुधारेसम्म एमालेले संसद् चल्न नदिने पनि चेतावनी दिएका छन् । उनले अब मुलुक कसैले चाहेर पनि नचाहेर पनि निर्वाचनमा जाने सुनाए ।

उनले वर्तमान सरकारसँग आफ्नो पार्टीले कुनै सहकार्य नगर्ने पनि जिकिर गरे । उनले एमसीसी पास गराउनको लागि आफूहरुसमक्ष कुनै प्रस्ताव नआएको पनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot