Logo

अमेरिकामा ओमिक्रोनबाट पहिलो मृत्यु पुष्टि



एजेन्सी, ६ पुस। अमेरिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट पहिलो मृत्यु भएको छ । अमेरिकाको टेक्सासमा ओमिक्रोन संक्रमितको मृत्यु भएको त्यहाँका ह्यारिस काउन्टी हेल्थ डिपार्टमेन्टले पुष्टि गरेको हो ।

स्वास्थ्य विभागका अनुसार यी व्यक्तिले भ्याक्सिनको एउटा पनि डोज लगाएका थिएनन् । ७३ प्रतिशत कोरोनाको बिरामीमा ओमिक्रोनको संक्रमण भएको पाइएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार अमेरिकामा एक साताको अवधिमा ओमिक्रोनको मामिलामा ६ गुणाले वृद्धि भएको छ ।

अमेरिकामा तीव्र रुपमा बढीरहेको भेरियन्टलाई मध्यनजर गर्दै राष्ट्रपति जो बाइडेनले खोपको दुवै मात्रा लगाउन अपिल गरेका छन् । यसका साथै सबै बुस्टर डोज लगाउन अपिल समेत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्