विपिन देवः डिसेम्वर १४ देखि डिसेम्वर १६ सम्म कानेगी शोध संस्थानको तत्वावधानमा अन्तर्राष्ट्रिय सम्मेलनको आयेजना सम्पन्न भएको छ । उक्त सम्मेलनमा विश्वमा भइरहको प्रविधिको विकास र परिवर्तनको वारेमा व्यापक बहस र छलफल भएको छ । संसारका कहलिएका चिन्तकहरूको सहभागिता रहेको उक्त छलफलमा प्रविधिले कूटनीति, अर्थनीति र राजनीतिमा पारेको प्रभावको बारेमा पनि व्यापक चिन्तनमनन भएको थियो । प्रविधि सम्मेलनमा एसियामा भइरहेको तनाव र त्यसको शिथिलीकरणको उपायको वारेमा पनि शास्त्रार्थ भएको थियो । यही पृष्ठभूमिमा भारतका पूर्व सचिव विजय गोखलेले भारतको हिन्दमहासागरीय नीतिलाई आलोकित गरेको थियो । “टिनामेन यसक्रवायर” र “लौङ्ग गेम” जस्ता चर्चित कितावका लेखक गोखलेले दुईवटा उच्च कोटिका शोत्रपत्र “रोड आप्mटर ग्लवान” र “इडिंया फौङ्ग अप‘m मिसअंडस्टायनडिग नेपाल चाइना रिलेसन सिप” लेखेर वौद्धिक जगत्मा एउटा नयॉ पहिचान बनाएको छ ।
गोखलेले आप्mनो व्याख्यानमा हिन्दमहासागरीय क्षेत्रको महत्वको बारेमा चर्चा गरेका छन् । हिन्दमहासागरीय क्षेत्र संसारको शक्ति केन्द्र र व्यापारिक मार्ग हो । वर्तमान परिवेशमा हतियार भण्डारण, सामरिक तनाव र कूटनीतिक रस्साकसी युरोप र अमेरिकाबाट विस्थापित भएर एसियामा केन्द्रित भएको छ । जानकारहरू यसलाई ट्रान्स एयट्लान्टीकवाट ट्रान्सप्यासिफकको परिर्वतन भनेका छन् । वास्तवमा एसियाले युरोप र अमेरिकाको प्रविधिको प्रचूर मात्रामा लाभ लिएको छ । सन् १९५० मा जापानले गरेको प्रगति, सन् १९६० मा दक्षिण कोरियाले लिएको नीति, सन् १९७० मा चीनले अङ्गिकार गरेको उदारीकरण नीति र ९० को दशकमा भारतले उदारीकरण युगमा प्रवेश गरेको घटनालाई पश्चिमा प्रभावको प्रारुप नै भन्न सकिन्छ । हुन तः १९५० मा चीनले सोभियत रुसको विकासको पद्धतिबाट पनि लाभ लिएको थियो । चीनको आर्थिक विकासमा सोभियत रुस र अमेरिको पनि प्रभाव रहेको छ ।
चीन, जापान, दक्षिण कोरिया र भारत जस्ता उदियमान अर्थतन्त्रहरूले गर्दा हिन्दमहासागरीय क्षेत्रको सामरिक र आर्थिक महत्व वढेको छ । हिन्दमहासागरीय क्षेत्रमा पश्चिमा शक्तिहरूको हैकम र दवदवाको अन्त्य भइसकेको छ । यस अर्थमा हिन्दमहासागरीय क्षेत्रमा कुनै एक राष्ट्र र एक शक्तिको वोलवाला छैन । हिन्दमहासागरीय क्षेत्रमा सबभन्दा महत्वपूर्ण प्रभाव क्वाडको नै रहेको छ । क्वाड (अमेरिका, जापान, अष्ट्रेलिया र भारत) को उद्देश्यको वारेमा क्वाड राष्ट्र प्रमुखहरूले शिखर सम्मेलनका माध्यमवाट क्वाडका उद्देश्यलाई सार्वजनिक गरेका छन् । क्वाडको उद्देश्यलाई आलोकित गर्दै गोखलेले आप्mनो अबधारणा राखेका छन् । गोखलेका अनुसार क्वाडले प्रजातान्त्रिक मूल्य र मान्यताअनुसार हिन्दमहासागरीय क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनको मर्मअनुसार कानुन संवत व्यापारिक र अन्य कारोवार हुनु पर्छ । क्वाड सम्वद्ध राष्ट्रहरू प्रजातान्त्रिक परिपाटीलाई अङ्गिकार गरेको हु‘दा प्रजातान्त्रिक लिकवाट विचलित हुनु ह‘ुदैन भन्ने गोखलेको तर्क रहेको छ । साथ साथै क्वार्डले आफ्नो सहकार्य आसियान र विम्सटेकसंग पनि बढाउनु पर्दछ । क्वाड मौलिक रुपमा राजनीतिक र सामरिक गठवन्धन मात्र होइन । क्वार्डले जनकल्यानको लागि ठुलो जर्मको कसेको छ । अर्थात् कोरनाको कहरमा १.६ विलियन खोप हिन्दमहासागरीय क्षेत्रमा उपलब्ध गराउ‘नु जस्ता उदाहरणले क्वार्डको उपलब्धिलाई रेखाङ्कित गर्दछ । साथ साथै आपत्तकालिन समयमा मानवमुक्ति र कल्याणको लागि सदैव तैनाथ क्वार्डको सैनिक उपस्थिति हिन्दमहासागरीय क्षेत्रमा रहेको छ । क्वाडको सबभन्दा ठुलो चुनौती वातावरणीय चुनौती रहेको छ । सन् २०२१ सेप्टेम्वरमा यस सम्वन्धमा क्वार्ड राष्ट्रहरूको साझा प्रतिवद्धता पनि सार्वजनिक भइसकेको छ ।
हिन्दमहासागरीय क्षेत्रमा भारतले आप्mनो सामुद्रिक नीति पनि सार्वजनिक गरेको छ । भारतले यस सन्र्दभमा “सागरमाला योजना”लाई अगाडि बढाएको छ । तदनुरुप मध्य पश्चिमा ओमान र यु.ए.ई.संग सहकार्य बढाएको छ भने छिमेक नीति अन्तर्गत श्रीलङका र मालदिभ्ससंग सामुद्रिक क्षेत्रमा साझा कार्यक्रम र सहकार्य गरिरहेको छ । हिन्दमहासागरीय नीतिअनुरुप एउटा नयॉ गठवन्धनको सहभागिता भारतले पनि गरेकोे छ । अरु मध्य पश्चिमलाई केन्द्रित गर्दै इजरायल, यु.ए.ई., अमेरिका र भारतको सम्झौताले गर्दा हिन्दमहासागरीय क्षेत्रमा एउटा नयॉ गठवन्धनको सुरुवात पनि भएको छ । सन् २०१७ मा भारतले “टापु” सम्वन्धी एउटा नीति लिएको देखिन्छ ।
न्दमहासागरीय क्षेत्रमा भारतको दश हजार टापु रहेको छ । वङगालको खाडीदेखि आसियान सागरसम्म रहेको उक्त टापुहरूलाई विद्युतीय ढङ्गवाट विकसित गर्न र तटर्वती क्षेत्रका जनताको जीवनस्तरलाई सुर्धान भारतले गुरुयोजना लिएको देखिन्छ । टापु विकास र प्रविधिकरणको लागि भारतले ५०० योजनाहरूलाई अगाडि बढाएको देखिन्छ । सबभन्दा महत्वपूर्ण चुनौती पानी मुनि प्रविधिको विकास हो । समुद्री मार्ग भित्र प्रविधि विकासको माध्यमवाट आउ‘ने दिनमा भारत लगायत हिन्दमहासागरीय क्षेत्रमा मुलुकहरू प्रचूर मात्रामा आर्थिक विकास गर्न सक्ने जानकारहरूको तर्क रहेको छ । हिन्दमहासागरीय क्षेत्रको विकासको लागि “फिन्टेक” पनि एक महत्वपूर्ण चुनौती हो । “फिन्टेक” भन्नाले मौद्रिक प्रविधिको प्रयोग हो । भारत जस्ता अधिक जनसङख्या भएको मुलुकले मौद्रिक प्रविधिको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको देखिन्छ । आधार कार्डको माध्यमवाट प्रत्येक नागरिकको सूचनाको सूचाकाङ्क राख्न सफल भएका भारतले रुपयेको प्रयोग पनि प्रचुर मात्रामा गरेको छ । रुपये र कोविन अधिसंख्यक भारतीयले प्रयोग गर्ने प्रविधि हो ।
प्रविधि र कूटनीति मिलनले देश विकास र प्रगतिको वाटोमा जान सक्छ । आउ‘ने दिनमा विश्वको कूटनीति र अर्थनीतिको प्रारुप हिन्दमहासगरीय क्षेत्रका मुलुकहरूले गर्ने एक किसिमले निश्चित देखिन्छ । त्यसमा भारतको भूमिका पनि महत्वपूर्ण रहेको छ ।