Logo

सरकारले बाँदरझुलाबासीका माग सम्बोधन गर्ने



काठमाडौँ, ६ पुस: चितवन माडीको बाँदरझुलाबासीको समस्या सरकारले सम्बोधन गर्ने भएको छ । आज (मंगलबार) माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा बाँदरझुला संघर्ष समिति र सरोकारवालाबीच छलफल भएको हो । उक्त छलफलमा समस्या सम्बोधन गर्ने सहमति भएको बुझिएको छ ।

बाँदरझुलाबासीसँगको छलफलमा भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठ, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, माडी नगरपालिकाका मेयर ठाकुर ढकाल सहभागी थिए ।

अब बाँदरझुलाका जनताले लालपुर्जा प्राप्त गर्ननिकुञ्जको कानुन संशोधन गर्नुपर्ने, भूमि र वन दुवै मन्त्रालयले समझदारी गरी तत्काल मन्त्रिपरिषदमा ऐन संशोधनको प्रस्ताव पेश गर्ने र पारित गराउने सहमति भएको हो । बाँदरझुलाबाट ४० जनाको टोली अधिकार माग्‍न आइतबार बिहानै काठमाडौंको माइतीघर मण्डला आएका थिए । दशकौंदेखि भूमिहीन बस्नुपरेको, निरन्तर निकुञ्ज प्रशासन र वन्यजन्तुको हैरानी खेप्नुपरेको गुनासो सुनाउन उनीहरू काठमाडौं आएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot