Logo

प्रधानमन्त्री कपः लगातार तेस्रो जित निकाल्दै प्रदेश एक सेमिफाइनल प्रवेश



काठमाडौं, ६ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नं. १ ले लगातार तेस्रो जित निकालेको हो ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नं. १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै तेस्रो जित निकालेको हो ।

यस जितसँगै प्रदेश १ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

१ सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ४७ रन मात्र जोड्न सक्यो ।

लुम्बिनीका लागि सरस्वती पुन र नितु भण्डारीले समान ९–९ रन जोडे ।

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन् भने अलिसा खडियाले २ तथा संगिता राईले १ विकेट लिइन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय १४ रन जोडेको थियो ।

प्रदेश १ का लागि अप्सरी बेगमले अविजित रहदै सर्वाजित ४४ रन जोडिन् भने काजल श्रेष्ठले ४० रनको योगदान गरिन् ।

साथै, कप्तान रुविना क्षेत्रीले १५ रन जोडिन् ।

लुम्बिनीका लागि नेरी थापा, मधु डिसी र सरस्वती पुनले समान एक–एक विकेट लिए ।

तीन खेलमा पहिलो हार भोगेको लुम्बिनीले समूहको उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको छ ।

बागमती प्रदेश र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्