Logo

बलात्कृत राउटे युवतीको पहिचान खुलाएका पत्रकारलाई कैद सजाय



काठमाडौं, ६ पुस । बलात्कृत राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकार कारबाहीमा परेका छन् । जेठ २१ गते बलात्कृत भएकी राउटे समुदायकी युवतीको पहिचान गराउने पत्रकार एग्गेबहादुर बुढामगरलाई सुर्खेत अदालतले ५ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको हो ।

मगर राप्ती पहिचान डटकम अनलाइनका सञ्चालक समेत हुन् । उनले अनलाईनमा युवतीको पहिचान खुल्ने गरी फोटो र नाम प्रकाशन गरेका थिए ।

युवतिमाथि जबर्जस्ती गर्ने चमन घर्ती, भुपेन्द्र बुढा र विनोद पुनलाई यसअघिको फैसलाबाट कारागार चलान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्