Logo

लुम्बिनीको विकासमा यसअघिको सरकारले अभूतपूर्व काम गरेको ओलीको भनाई



काठमाडौँ, ६ पुस। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीको विकासमा यसअघिको सरकारले अभूतपूर्व काम गरेको बताएका छन् । रुपन्देहीबाट हुलाकी राजमार्गहुँदै कपिलवस्तु हिँडेका ओलीले लुम्बिनीको पर्साचोकमा स्थानीयलाई संक्षिप्त सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

सम्बोधन गर्दै ओलीले भने, ‘हामीले सरकारमा रहँदा थुप्रै विकासका कामको सुरुवात गरेका छौं, लुम्बिनीमा ५ हजार अट्ने ध्यान केन्द्र बन्दैछ।’शिक्षा, स्वास्थ्य, सिचाइ, खानेपानी, सडक निर्माणको काम आफू नेतृत्वका सरकारले सुरु गरेको भन्दै त्यसलाई एमाले नेतृत्वको अर्को सरकारले अझै रफ्तारमा अघि बढाउने बताए । ‘केही समय प्रतिक्षा गर्नुपर्नेछ, फेरि एमालेको सरकार बन्नेछ,अनि विकासको काम थाल्नेछ, ‘उनले भने ।

स्पेनले मूर्ति स्थापना गर्दा लुम्बिनीको प्रचारमा सहयोग पुगेको भन्दै उनले अब आफ्नै व्यक्तिगत लगानीमा स्पेनलाई बुद्धमूर्ति दिने बताए । ओलीले यात्राका क्रममा हुलाकी सडकको निरीक्षण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्