काठमाडौं, ६ पुस । शेयर बजारमा आज धेरै दिनपछि हरियाली छाएको छ । नेप्से मंगलबार ५६ दशमलव ७३ अंकले बढेर २४ सय १५ दशमलव ५५ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव ३४ अंकले बढेर ४६२ दशमलव ५२ विन्दुमा थामिएको हो ।
साताको कारोबारको तेस्रो दिन आज २२६ कम्पनीको ३४ हजार २१७ पटक कारोबार भएर २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८ सय ४७ रुपैयाँ बराबरको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।