Logo

एमसीसी पारित गराउन प्रचण्ड सकारात्मक, देउवालाई दिए यस्तो वचन



काठमाडौं, ६ पुस । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच एमसीसी पास गराउनेबारे छलफल भएको छ । पछिल्लो समय प्रधानमन्त्री देउवाले एमसीसी संसद्मा टेबुल गर्नेगरि छलफल थालेका छन् ।

तर, सत्तारुढ गठबन्धनभित्रै एमसीसीलाई लिएर मत विभाजित बनेको छ । प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा भने प्रचण्डले एमसीसी यथास्थितिमा पारित गर्न नहुने अडान राखेका थिए । दाहालको पार्टीभित्र एमसीसीलाई लिएर नेताहरुबीच मत विभाजित छ ।

संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसी यथास्थितिमा अघि बढाईए ठीक नहुने भनेर सार्वजनिक रुपमै चेतावनी दिएका छन् । गुरुङमात्रै नभएर पार्टीभित्रका प्रभावशाली नेताहरुले एमसीसीको विरुद्धमा सार्वजनिक अभिव्यक्ति दिईरहेका छन् ।

तर, प्रचण्ड भने पार्टीभित्र कुनै विग्रह नहोस भनेर सचेत छन् । त्यसैले उनले यही पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनसम्म कुर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पनि साथ लिन तयारी गरेको बुझिएको छ । दाहालले एमसीसीबारे धेरै नकारात्मक हुनुपर्ने कुनै कारण नरहेको पनि टिप्पणी गर्दै आएका छन् ।

यसअघि प्रधानमन्त्री देउवाले बेलायत भ्रमणबाट नेपाल फर्किनेबित्तिकै आफू र दाहालले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई संयुक्त रुपमा पत्र पठाएको पनि खुलासा गरेका थिए। file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot