Logo

कुनै शर्तमा पनि हामी एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौं : विशाल भट्टराई



काठमाडौं, ६ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो पार्टी यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकपछि मिडियाकर्मीसँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनले एमाले कुनै पनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताए।

उनले भने,‘म स्पष्ट गर्न चाहान्छु, यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नेकपा एमाले छैन। कुनै शर्तमा पनि हामी एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौं।’ उनले एमालेलाई पाँच दलीय गठबन्धन तोड्न कुनै रूची नभएको जिकिर गरे । उनले भने,‘सरकारमा जान कुनै रुची छैन। नेकपा एमालेलाई अहिले कुनै अर्को गठबन्धन बनाएर सरकारमा जाउँ भन्ने छैन।’ file photo



प्रतिक्रिया दिनुहोस्