Logo

अर्बपति चौधरीभन्दा प्रथम राष्ट्रपतिका छोरा पछाडि



काठमाडौं, ६ पौष । नेपाली काँग्रेसको मधेशी खुल्लातर्फको केन्द्रीय सदस्यमा विजयी ५ जनामा अजय चौरसिया पहिलो नम्बरमा परे । उनले २५२२ मत पाए । पर्सा गृहक्षेत्र रहेका चौरसिया सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् ।

चौरसियापछि बढी मत ल्याउनेमा अर्बपति बिनोद चौधरी रहे । चौधरी विगतमा नेकपा एमालेबाट सांसद रहेकामा पछि नेपाली काँग्रेस प्रवेश गरे । काँग्रेसमा पनि उनी समानुपातिकतर्फको सांसद छन् ।

अर्बपति चौधरीपछि तेस्रो बढी मत ल्याउनेमा प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादव छन् । धनुषा गृहक्षेत्र रहेका यादव मधेशी कोटाबाट चुनाव जित्ने ५ सदस्यमध्ये डा. शेखर कोइराला पक्षका एकजना मात्र हुन् । उनले २१३८ मत प्राप्त गरे ।

महेन्द्रकुमार राय १९८४ र दिनेशकुमार यादवले १९५९ मत प्राप्त गरी जित हासिल गरे ।



प्रतिक्रिया दिनुहोस्