Logo

अरुण–३ समयमै पूरा हुने



सङ्खुवासभा, पुस ६ । निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको झन्डै आधा काम सकिएको छ । अहिलेसम्म ४५ प्रतिशत सकिएको र २४सै घण्टा काम सुचारु भएकाले निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने निर्माण कम्पनी सतलज जलविद्युत् निगमले जनाएको छ ।

यो योजना २०८० भित्र सम्पन्न भइसक्नुपर्नेछ । २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले काठमाडौँबाट संयुक्त रूपमा शिलान्यास गरेका थिए ।

जम्मा ११.८ किलोमिटर सुरुङमध्ये ६.९ किलोमिटर खनिसकिएको छ । सुरुङभित्र प्लास्टर गरेर पाइपजस्तो बनाइने छ । उक्त कार्य पनि सुरु भई हाल ७० मिटर प्लास्टर भइसकेको छ । मकालु गाउँपालिका–५ को फ्याँक्सिन्दा दोभानमा बन्ने बाँध निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ ।

जम्मा २५.४२ लाख घनमिटर खाल्डो खन्नुपर्नेमा हालसम्म २१.७० लाख घनमिटर खाल्डो खनिसकिएको अरुण तेस्रोका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए । उले बाँधबाट पावरहाउसतर्फ पानी पठाउने २३१ मिटरको निकास सुरुङसमेत निर्माण सम्पन्न भइसकेको बताए ।

उता विद्युत् उत्पादन गृह चिचिला गाउँपालिका–३, पुखुवामा पनि पूूर्वाधार निर्माणको काम धमाधाम भइरहेको छ । विद्युत् उत्पादक कम्पनी सतलजका अनुसार विद्युत् उत्पादनको सम्पूूर्ण संरचना सुरुङभित्र नै बन्ने छ ।

जसका लागि एक लाख ५८ घनमिटर क्षेत्रफलको फराकिलो सुरुङ खन्नुपर्ने छ । त्यसमध्ये हालसम्म एक लाख २८ हजार घनमिटर खन्ने काम सम्पन्न भइसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot