Logo

आज वर्षकै छोटो दिन



काठमाडौं, ७ पौष । आज २२ डिसेम्बर । वर्षको सबैभन्दा छोटो दिन । आज काठमाडौंमा सुर्योदय ५ बजेर ५० मिनेटमा भएको छ । सुर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुने जनाइएको छ ।

भोलिबाट दिन लम्बिदै जानेछ । तापक्रम घटेसँगै चीसो बढेको छ । काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ । तराईमा पनि चीसो बढेको छ । जुम्लामा माइनस ५ डिग्री पुगेको छ ।

आज देशको पहाडी भूभागमा आंशिक बदली रही प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot