Logo

हाम्रो नेपाली किबोर्ड एपको डाउनलोड (एक करोड पुरा)



काठमाडौं, ७ पुस । नेपालकै लोकप्रिय एप हाम्रो नेपाली किबोर्डको गुगल प्ले स्टोरमा एक करोड डाउनलोड पुरा भएको छ। फेसबुक र स्मार्ट फोन आउनेक्रममा नेपाली लेख्न नमिल्ने अवस्था अर्थात असहजतालाइ मध्य नजर गर्दै २०१४ मा स्थापना भएको हाम्रो पात्रो नेपाली किबोर्डले नेपालीमा टाइप गर्न प्रयोग गर्न सजिलो एप संचालन गरेको हो ।

नेपाली भाषीको लागि यो अत्यन्त महत्वपूर्ण हाम्रो नेपाली किबोर्ड अहिले एक करोड डाउनलोड भएको ऐपले जनाएको छ ।

रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरी (बकमान सपिवजव) मा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ ले एक करोड डाउनलोड पुरा गरेको छ। सन् २०१४ मा सार्वजनिक भएको हाम्रो किबोर्ड सबैभन्दा छोटो अवधिमै दश लाखको डाउनलोड पार गर्ने पहिलो नेपाली एप भएको थियो। यो सँगै हाम्रो पात्रोका दुई एन्ड्रोइड एप करोडको संख्यामा डाउनलोड हुने सूचीमा परेका छन्। यसअघि हाम्रोपात्रो एपले यो सफलता पाइसकेको छ।

एन्ड्रोइड फोनमा नेपालीमा टाइप गर्ने सजिलो तरिका नहुँदा प्रयोगकर्ताले हिन्दी किबोर्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको थाहा पाएपछि नेपाली किबोर्ड एप विकास गरिएको हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले बताए। यसमा बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ), मोबाइल अनुसार किबोर्डको आकार चाहे जस्तो सानो या ठुलो बनाउन सक्ने सुबिधाका साथ स्टिकर्स र चाहे अनुसार थीम परिवर्तन गर्ने सुविधा पनि रहेको छ।

‘‘आज यो एप हाम्रो आफ्नै भाषामा टाइप गर्न एक करोड बढी नेपालीले डाउनलोड गरेका छन्। यो हाम्रो टोलीका सदस्यहरूको कडा परिश्रम र प्रयोगकर्ताहरूको विश्वास र समर्थनका कारण सम्भव भएको हो,’ उप्रेतीले बताए।



प्रतिक्रिया दिनुहोस्