Logo

सरकारले भुटानी शरणार्थीको समस्या तत्काल समाधान गरोसः डिल्ली अधिकारी (भिडियोसहित)



काठमाडौं, ७ पुस । काठमाडौं, ७ पुस । इन्टरनेशनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले भुटानी शरणार्थीको समस्या तत्काल समाधान गर्न माग गरेका छन् । उनले तेस्रो मुलुक गएका भुटानी शरनार्थीलाई कुनैपनि हालतमा एनआरएनएको सदस्यता दिनुपर्ने सरकारसँग माग गरेका हुन् ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यो समस्याको समाधान गर्न चाहे सरकारले तत्कालै गर्न सकिने बताएका हुन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि मैले यो विषयमा भेटेरै कुरा गरेको छु । यसरी एनआरएनएले भुटानी शरणार्थीलाई विभेद गर्नु गलत हो’, उनले भने ।

यस्तै, कार्यक्रममा बोल्दै अधिवक्ता स्वागत नेपालले भुटानी शरणार्थीलाई एरआरएनएको सदस्यता नदिनु कानुन सम्मत नरहेको बताए ।

सरकार आम नेपाली जनताप्रति जवाफदेहि नभएर विदेशी प्रति जवाफदेहि भएको उनको आरोप थियो ।

 



प्रतिक्रिया दिनुहोस्