Logo

चन्द्रागिरी हिल्सले पुस २९ गते बोलायो साधारण सभा



काठमाडौं, ७ पुस । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा चन्द्रागिरी हिल्सको कार्यालय, थानकोट, टप स्टेशन परिसरमा बिहान ११ बजे बोलाएको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत बाह्रौँ वार्षिक प्रतिवेदन पारीत गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७÷०७८ को वासलात,नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तिय विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजीम आर्थिक वर्ष २०७८÷०७९ को लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ती गर्ने लगायतका सामान्य प्रस्तावहरू पारित गर्ने जनाइएको छ ।

त्यस्तै, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १६ गते शुक्रबार एक दिन बुकक्लोज गर्ने भएकोले त्यसैले, पौष १५ गतेसम्म कायम भएका शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot