Logo

माओवादी केन्द्रमा प्रचण्डको विकल्प छैन्ः रामनारायण बिडारी (भिडियोसहित)



काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले माओवादी केन्द्रमा पुस्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नरहेको बताएका छन् ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले माओवादी केन्द्रले जनवादी केन्द्रीयताको सिद्धान्तलाई अवलम्बन गरेर लोकतान्त्रीक विधीद्वारा नेतृत्व चयन गर्ने बताए ।

उनले अन्य कम्युनिष्ट पार्टी भन्दा बेग्लै प्रकारको सिद्धान्तका साथ माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन गर्न लागेको बताएका छन् ।

साथै, लामो समय पार्टीमा काम गरेकाहरुलाई सम्मानका साथ नेतृत्वमा चयन गर्नुका साथै दलित, पिछडिएका, महिला र युवा पुस्तालाई पहिलो प्राथमिकता दिने उनको दाबी थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot