Logo

कोइराला, सिंह र निधि एक होलान् ?



काठमाडौं, ७ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति जितेका शेरबहादुर देउवा पदाधिकारीमा बहुमत र कार्यसमितिमा २ तिहाई सिटसहित मजबुत देखिएका छन् । केही केन्द्रीय सदस्यको मतपरिणाम आउन बाँकी छँदै देउवा केन्द्रीय कार्यसमितिमा दुई तिहाईको स्थितिमा हुने निश्चित भइसकेको छ ।

देउवाले महाधिवेशनमा पकड बनाउन सक्नुमा इतर समूहको विभाजन नै मुख्य कारण हो । कोइराला परिवार विभाजित भए । प्रकाशमान सिंह आफै चुनाव लडे । रामचन्द्र पौडेल तटस्थ भूमिकामा बसे ।

सभापतिको प्रतिष्पर्धामा देउवा पहिलो चरणमा जित्न सफल भएनन् । दोस्रो चरणमा सिंह र निधिले साथ दिए । उनीहरुको साथ शेखर कोइरालालाई भएको भए नतिजा फरक हुन सक्थ्यो ।

पदाधिकारीमा पनि इतर समूहका कतिपय केही सय मतले पराजित भएका छन् । जसमध्ये सहमहामन्त्रीका उम्मेदवारहरु बढी छन् ।

केन्द्रीय सदस्यमा १ मतले हृदयराम थानी पराजित भए । इतर समूह विभाजित हुँदा केन्द्रीय सदस्यको प्रतिष्पर्धामा पनि उनीहरुलाई ठूलो नोक्शान परेको देखिन्छ ।

देउवा निकै शक्तिशाली बन्दा अब इतर समूहहरु कसरी अगाडि बढ्लान् ? चासोको विषय बनेको छ । डा. शेखर कोइराला, सुजाता कोइराला र सशांक कोइराला कसरी मिल्लान् ? त्यसपछि प्रकाशमान सिंह र विमलेन्द्र निधिको भूमिका कस्तो हुने हो ? चासोको विषय बनेको छ ।

प्रदेश २ को काँग्रेस सभापतिको निर्वाचनमा कोइराला र निधिबीच समिकरण बनेको छ । यसलाई अर्थपूर्ण मानिएको छ । सिंहले कस्तो भूमिका निभाउने हुन् भन्ने महत्वपूर्ण बनेको छ । अझैपनि कोइराला परिवार, सिंह र निधि एक भएमा देउवालाई पार्टीभित्र चुनौती बन्न सक्छ । कार्यसमितिमा पकड बनाएपनि राजनीतिक विरासत बोकेका नेताहरुको एकताले फरक परिस्थिति निर्माण हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्