Logo

ललिता निवास जग्गा प्रकरणका भुमाफिया सुवेदी पक्राउ



काठमाडौं, ७ पुस । चर्चित ललिता जग्गा प्रकरणका भुमाफिया भनिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले मंगलबार राति सुवेदी दम्पत्तिलाई पक्राउ गरेको हो ।

सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालिन भोगाधिकारी सुवर्णशमशेर परिवारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदीले विचौलियाको काम गरेको प्रहरीले आरोप लगाएको छ ।

सुवेदीले ४ वटा सरकारको पालामा उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी, मन्त्रालयका सचिव, मालपोत अधिकृत र अन्य भुमाफियासँग मिलेर १३६ रोपनी भन्दा बढी जग्गा हडपिएको अनुसन्धानले पुृष्टि गरेपनि उनी हालसम्म फरार थिए । सुवेदी दम्पत्तिसहित ११० जनाविरुद्ध सोही जग्गा प्रकरणमा बिगो कैद सहित जग्गा फिर्ता माग दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्