Logo

संसदमा एमालेको अवरोध कायमै रहेपछि सभामुख सापकोटाले भने– जनतामा निराशा छायो



काठमाडौं, ७ पुस । सभामुख अग्निप्रसाद सापकोटाले संसद् अवरुद्ध हुँदा जनतामा निराशा छाएको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध जारी राखेपछि सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

उनले भने, ‘संसद बैठकमा सभामुख सापकोटाले जनताका आवाज मुखरित गर्ने जनताको सर्वोच्च जनप्रतिनिधिसभा अवरुद्ध नगर्न आग्रह गर्दछु, यस्तो कामले जनतामा निराशा छाएको छ’ ।

आजको बैठक सुरु भए लगतै आ–आफ्नो सिटबाट उठेर एमालेका संसादले विरोध जनाएका थिए । सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालले लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्