Logo

शेयर बजार आज ९२ अंकले बढ्यो, ४ अर्बको कारोबार



काठमाडौं, ७ पुस । साताको कारोबारको चौथो दिन बुधबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से आज ९२ दशमलव १६ अंकले बृद्धि भएर २५ सय ७ दशमलव ७० विन्दु कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १४ दशमलव ७४ अंकले बढेर ४७७ दशमलव २६ विन्दुा रोकिएको हो ।

नेप्सेको अनुसार आज २३३ कम्पनीको ५५ हजार ९९७ पटक कारोबार भएर ४ अर्ब ५२ करोड ३३ लाख ८ हजार १४३ रुपैयाँ बराबरको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर खरिद विक्रि भएको छ । आज सम्पुर्ण सुचक बढेका छन् । सबैभन्दा धेरै व्यापार समुहको ८ दशमलव २३ प्रतिशतले बृद्धि भएको हो ।



प्रतिक्रिया दिनुहोस्