Logo

माओवादी राष्ट्रिय सम्मेलनमा विदेशी पाहुना नबोलाउने



काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनमा विदेशी पाहुना नबोलाउने भएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता कृष्ण बहादुर महराले सम्मेलनमा विदेशी पाहुना नबोलाउने बताएका हुन् ।

पत्रकारसँगै कुरा गर्दै महराले सम्मेलनमा तामझाम नगर्ने, राष्ट्रिय र विदेशी पाहुना समेत नबोलाउने बताएका हुन् । पुर्वनिर्धारित तालिका अनुसार १३ गतेसम्म सम्मेलन हुने भनिएपनि १/२ दिन लम्बिन सक्ने बताए । महराले पार्टीको कमीकमजोरीहका बारेमा बहस, छलफल र समिक्षा हुने पनि जानकारी दिए ।

राष्ट्रिय सम्मेलनमा १५ सय ३३ जना प्रतिनिधिहरु सहभागी हुने माओवादीले जनाएको छ । सम्मेलनको लागि आजैमात्र माओवादीले लोगो पनि सार्वजनिक गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot