Logo

नाइजेरियामा खेती गर्ने र गाइ पाल्नेको विवादले हिंसा भड्कदा दर्जनौंको मृत्यु



एजेन्सी, ७ पौष । नाइजेरियामा खेती गर्ने र गाई पाल्नेबीच भिडन्त हुँदा दर्जनौंको ज्यान गएको छ । नाइजेरियाको मध्यवर्ती राज्य नासारावामा घटना भएको हो ।

घटनामा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । शुक्रबारबाट हिंसा भड्किएको हो । घटनामा सयौं घाइते भएका छन् । हजारौं किसान विस्थापित भएका छन् ।

हतियारधारी गाइपालक फुलानीहरुले गाउँमा पसेर आक्रमण गरेका थिए । उनीहरुको समुदायको एकजनाको हत्या भएपछि खेती गर्ने टिभ किसानहरुमाथि आरोप लगाएका थिए । त्यसपछि हिंसा भड्किएको थियो ।

फुलानी गाइपालकको हत्यापछि प्रहरीले अनुसन्धान गरिरहँदा हिंसा भड्किएको थियो । हानगारा र कुएरो गाउँमा पसेर गाइपालक हतियारधारीले आक्रमण गरेका थिए ।

नाइजेरियामा चरण र पानीको विषयमा खेती गर्ने कृषक र पशुपालकबीच झडप हुँदै आएको थियो । गाइपालक फुलानीहरु मुस्लिम हुन् भने खेती गर्नेहरु इसाई हुन् । यसलाई जातीय द्वन्द्वको रुपमा पनि लिइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot