Logo

कृषि विकास बैंकको साधारणसभा पुस २९ गते, कस्ता छन् एजेण्डा ?



काठमाडौं, ८ पुस । कृषि विकास बैंकले पुस २९ गते पध्रौ वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले आफ्नै केन्द्रिय तालिम प्रतिष्ठानबाट भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको हो ।

बैंकको सभाले २० प्रतिशत बोनश शेयर र १.०५२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । यसका साथै नेपाल सरकारको अग्राधिकार शेयरको लागि ६ प्रतिशत नगद लाभांश दिने भएको जनाएको छ ।

साधारणसभाको प्रयोजनका लागि पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएकोले प्रस्तावित लाभांश पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र पाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्