Logo

जनताको विश्वास जितेर मात्र एमसीसी अघि बढाउनुपर्छ : अध्यक्ष नेपाल



काठमाडौँ, ८ पुस। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको विश्वास जितेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई अघि बढाउनुपर्ने बताएका छन् ।

हिजो (बुधबार) रौतहटको वृन्दावन नगरपालिका वडा नं-५ मा स्वास्थ्य चौकीको उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसीसी सम्झौताका विषयमा सरकारसँग छलफल भइरहेको भन्दै जनताको विश्वास जितेर मात्र एमसीसी अघि बढाउनुपर्ने बताएका हुन् ।

एमसीसीका बहानामा कुनै प्रकारको सुरक्षा रणनीति सम्बन्धी कार्य वा छिमेकी देशकोविरुद्ध हुने गतिविधि स्वीकार गर्ने पक्षमा आफूहरु नरहेको उनले स्पष्ट पारे । उनले नेपालको भूमिमा नेपालको अधिकार भएकोले आफ्नो भूमिमा विकास कार्य, रोजगारी सिर्जना तथा प्रयोग गर्ने नेपालकै भएको तर्क गरे ।



प्रतिक्रिया दिनुहोस्