Logo

सिद्धार्थ बैंकको क्यासब्याक योजना सार्वजनिक



काठमाडौं, ८ पुस । सिद्धार्थ बैंकले डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ पौष ७ गते देखि क्यासब्याक योजना सार्वजनिक गरेको छ । आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा बैंकले यस योजना अन्तर्गत ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यी सेवा प्रयोग गरी कारोबार गर्दा ग्राहकहरूले पाचौँ कारोबार रकमको ५ प्रतिशत (अधिकतम रु १०० दसौँ कारोबार रकमको १० प्रतिशत (अधिकतम रु १५०) र पन्ध्रौंं कारोबार रकमको १५ प्रतिशत (अधिकतम रु २५०) नगद क्यासब्याक पाउन सक्ने जनाइएको छ ।

यस योजनाले ग्राहकहरूलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबार तर्फ र्आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot