Logo

कडा सुरक्षा घेरामा कांग्रेस प्रदेश नं २ निर्वाचन



जनकपुर, पुस ८ । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान जारी रहेको छ । बुधबार नै मतदान हुने कार्यतालिका रहेपनि दुई पक्षबीचको विवादले मतदान निर्वाचन आजलाई सारिएको थियो । निर्वाचन समितिले भने मतपत्र छपाईमा ढिलाइ भएको भन्दै मतदान सारिएको बताएको छ ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा कडा सुरक्षाका बिच मतदान भईरहेको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।

कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वको प्यानल र कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वको प्यानल चुनावबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

कूल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने छ उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् । प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी दुई हजार मतदाता रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्