काठमाडौं, ७ पुस । ग्लोबल आइएमई लघुवित्तले ३८ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रदेश नं १, २ र ५ अन्तर्गत रहेको शाखा कार्यालयहरुमा साक्षरता कार्यक्रम सञ्चालन भएको हो ।
पौष २ गतेदेखि प्रदेश नं २ को पर्सा जिल्ला स्थित पोखरीया शाखा र प्रदेश नं ५ को रामपुर शाखाबाट कार्यक्रम शुरुवात गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा प्रत्येक शाखामा उत्कृष्ट केन्द्र सञ्चालन गर्ने ७ वटा केन्द्र प्रमुखहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिनुका साथै वित्तीय संस्थाबाट कर्जा लिई व्यावसाय सञ्चालन गर्दै सफल भएका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।