Logo

राजनितिक दलको उम्मेदवार बन्नेलाई त्रिविले कारबाही गर्ने



काठमाडौं, ८ पुस । त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीहरुलाई राजनितिक दलको उम्मेदवार तथा प्रतिनिधि बन्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ।

त्रिविले एक सुचना जारी गर्दै पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीहरुलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको हो ।

विश्वविद्यालय सेवामा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारी प्रचलित कानुनअनुसार राष्ट्रसेवकको परिभाषाभित्र पर्ने भन्दै कुनै पनि राजनितिक दलमा भाग लिने कार्य विश्वविद्यालयको नियम विपरित भएको समेत त्रिविले विज्ञप्तीमा उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot