Logo

प्रचण्डलक्षित गोकुल बाँस्कोटाको टिप्पणी : गुरिल्लालाई पहिलोपटक मान्छे बनाउन काँध थाप्ने पार्टी पनि एमाले हो (भिडिओसहित)



काठमाडौं, ८ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले माओवादी केन्द्र, जसपा र माधव नेपालको पार्टीबीच एकता हुने बताएका छन् । उनले अहिले चुनावमा नजानको लागि पाँच दलीय गठबन्धनले वितण्डा गरेको आरोप लगाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार आँफै समस्याको जड र पोको रहेको आरोप लगाए ।

उनले अहिलेको गठबन्धनले लोकतन्त्रको चीरहरण गरेको र सारा सूचांक बिग्रिरहेको सुनाए । उनले अब जनताको ताजा मत आवश्यक रहेको पनि बताए । उनले प्रचण्ड र तत्कालिन राजा ज्ञानेन्द्र शाहबीच सहमति भएको थियो कि थिएन ? भनेर बाबुरामलाई सोधे हुन्छ भनेर टिप्पणी गरे ।

बाँस्कोटाले आफूहरुले प्रचण्डलाई गुरु नमान्ने पनि बताए । उनले प्रचण्डलक्षित टिप्पणी गदै भने–‘गुरिल्लालाई पहिलोपटक मान्छे बनाउन काँध थाप्ने पार्टी पनि एमाले थियो । त्यो थाहा पाउनुहोला । र, उनले केपी ओलीलाई प्रधानमन्त्री बनाए होला, अहिले केपी शर्मा ओलीले आँफै बनाएको हो । एमालेको १२१ सिट हो ।’

 



प्रतिक्रिया दिनुहोस्