Logo

प्रदेश २ को प्रदेशसभा बैठक १ बजे बस्दै, प्रदेशको नामाकरण सम्बन्धमा प्रस्ताव पेस हुने



काठमाडौँ, ८ पुस। प्रदेश २ को प्रदेशसभा बैठक बस्दैछ । आज (बिहिबार) दिउँसो १ बजे प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठक बस्ने भएको हो।  बैठकबाट प्रदेशको नामाकरण सम्बन्धमा ६ वटा प्रस्ताव पेस हुने कार्यसूची रहेको छ भने स्थायी राजधानी तोक्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

त्यस्तै, पछिल्लो बैठकमा पेस भएको अध्यादेशमाथि छलफलको कार्यसूची रहेको छ भने त्यसको विरुद्धमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ अस्वीकार गर्ने प्रस्ताव पेस गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्