Logo

माओवादीले आफूलाई नयाँ ढंगले प्रस्तुत गर्यो भने एमालेभित्र पहिरो जानेवाला छ : गजुरेल (भिडिओसहित)



काठमाडौं, ८ पुस । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता हरिबोल गजुरेलले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो संवैधानिक अधिकारअनुसार नै कामकारबाही गरिरहेको बताएका छन् । उनले एमालेले गरिरहेको संसद् अवरोधको आलोचना गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमसीसीलाई लिएर हिजोदेखि नै विवाद रहेको सुनाए । उनले एमसीसीबारे पार्टीमा पर्याप्त छलफल भएको पनि जिकिर गरे । उनले एमसीसी संसद्बाट पारित हुनुपर्छ भन्ने प्रावधान सम्झौतामा नरहेको भएपनि केपी शर्मा ओली प्रधानमन्त्री भएपछि त्यो क्लज थपिएको सुनाए ।

गजुरेलले अब माओवादीले वैचारिक रुपमा आफूलाई बलियो बनाउने र नयाँ ढंगले प्रस्तुत गर्यो भने एमालेभित्र पहिलो जानेवाला रहेको पनि दाबी गरे । उनले भने,‘एमालेभित्र पहिरो जान्छ । विगतमा हामीले जनयुद्धको पहल गर्दै जाँदा हामीसँग कति संख्या थियो ? राम्रो काम गरेपछि अरु पछि जोडिँदै गएका हुन् ।’ उनले अहिले माओवादी केन्द्रमा अध्इक्ष प्रचण्डको कुनै विकल्प नभएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्