Logo

सिटिजन लाइफका सिइओ पौडेलको ४ वर्षको लागि कार्यकाल थप हुँदै



काठमाडौं, ८ पुस । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलको कार्यकाल थप गर्ने भएको छ । पुस मसान्तबाट कार्यकाल सकिन लागेको पौडललाई ४ वर्षको लागि अर्को एक कार्यकाल दिने निर्णय कम्पनीले गरेको हो ।

सञ्चालक समितिले कार्यकाल थप गर्ने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ । बीमा समितिले स्वीकृति दिए पछि मात्रै उनलाई कम्पनीले आधिकारिक रुपमा कार्यकाल थपको निर्णय गर्नेछ । बीमा समितिले स्वीकृत गरेपछि उनको दोस्रो कार्यकाल यहि माघ एक गतेदेखि सुरु हुनेछ ।

बैंक, बीमा तथा वित्तीय क्षेत्रमा तीन दशक भन्दा लामो समय विताइसकेका पौडल सिटिजनमा आउनु अगाडी पौडेल अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी ‘मेट लाइफ’मा वित्त प्रमुख थिए ।

त्रिभुवन विश्वविद्यालयबाट एमबिए तथा एसीएस र एफएलएमआई (यूएसए)को अध्ययन पूरा गरेका उनले स्वदेश र विदेशमा नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिम लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्