Logo

चाँदीका विभिन्न गहना सहित पक्राउ



रुपन्देही, ८ पुस । चाँदीका विभिन्न गहना सहित एकजना पक्राउ परेका छन् । कोटहीमाई गाउँपालिका–५ दुईमुहानबाट करिब ४ किलो ९ सय ग्राम चाँदीका विभिन्न गहना सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सम्मरिमाइ गाउँपालिका–६ अशुरैना बस्ने ४० वर्षीय कुरेश सुनार र सोही ठाउँ बस्ने २४ वर्षीय अनिल बर्मा रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको लु.१९ प ५१५९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई अवैध रुपमा ल्याएको उक्त परिमाणको चाँदीका गहना सहित फेला पारी पक्राउ गरेको जानकारी दिएको छ ।

बरामद गहना सहित उनीहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस्