Logo

प्रियंका गान्धीको आरोप- ‘अयोध्यामा राम मन्दिर बनाउँदा चरम घोटाला भयो’



एजेन्सी, ८ पुस। भारतीय कांग्रेस आइकी महासचिव प्रियंका गान्धीले भाजपा नेताहरुले राम मन्दिर निर्माणमा घोटाला गरेको आरोप लगाएकी छिन्। एआइसीसीको प्रधान कार्यलयमा मिडियासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

मन्दिर निर्माणमा भएको घोटालाको छानबिनको जिम्मा जिल्लास्तरका अधिकारीलाई दिएकोप्रति असन्तुष्टि जनाउँदै प्रियंकाले सर्वाेच्च अदालतको निगरानीमा छानबिन हुनुपर्ने बताइन् । मन्दिर बनाउन दलितको जमिन कब्जा गरिएको र चन्दा संकलन गरेर घोटाला गरिएको उनको आरोप रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहीबार प्रेस वार्तामा उनले भनेका विषयलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ, ‘दलितको जमिन कब्जा गरिएको छ, चन्दाका नाममा घोटाला भइरहेको छ । एकखालको रामको नाममा लूट मच्चाइएको छ ।’ विजेपी नेता र सरकारी अधिकारीहरुले राम मन्दिर निर्माणको नाममा लुटिरहेको उनको आरोप छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot