Logo

चीनमा भएको नरसंहारसम्बन्धी चर्चित प्रतिमा हटाएपछि…



एजेन्सी, ८ पुस । चीनमा सन् १९८९ मा तियनमेन स्क्वायरमा भएको नरसंहार बिर्सन नसकिने घटनाका रुपमा लिइन्छ । लोकतन्त्रको पक्षधरहरु कम्युनिस्ट सरकारविरुद्ध उत्रिएपछि हजारौ प्रदर्शनकारी मारिएको घटना इतिहासमा उल्लेख छ । चिनियाँ फौजले ट्यांकसहित प्रदर्शनकारीमाथि बल प्रयोग गरेकाले ठूलो संख्यामा हताहती भएको थियो ।

तियनमेन स्क्वायरको उक्त घटनाको स्मरण गर्दै हङकङ युनिभर्सिटिमा प्रतिमा बनाइएको थियो । प्रतिमा जेन्स गाल्सचोटले निर्माण गरेका थिए । जसले लासमाथि लास खप्टिएको देखाएको छ । चीनले हङकङ फिर्ता लिएपछि पनि उक्त प्रतिमा हटाइएको थिएन । तर, हङकङमा चीनविरोधी प्रदर्शनहरु हुन थालेपछि पछिल्लो कदम चालिएको जनाइएको छ ।

हङकङमा बेइजिङको प्रभाव र वर्चस्व बढ्दै गएपछि प्रतिमा हटाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ८ मिटर अग्लो प्रतिमा रातभरमा हटाइएको थियो । प्रतिमा हटाउने क्रममा सञ्चारमाध्यमलाई प्रवेश रोक लगाइएको थियो । कुनैपनि भिडियो र फोटो खिच्न दिइएन ।

उक्त मूर्ति मूर्तिकार जेन्स गाल्सचोटले निर्माण गरेका थिए । स्तम्भ हटाइएपछि व्यापक आलोचना भइरहेको छ । तियनमेन स्क्वायरको उक्त घटना इतिहासमा नामेट गर्न खोजिएको चर्चा चलेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot