Logo

के बौद्ध मानविहारमाथि पाटन दरबार क्षेत्र बनाइएको हो ?



काठमाडौं, ८ पौष । पाटन दरबारस्थित भीमसेन मन्दिरमा ५ पौषमा ढल खन्दै गर्दा अचानक ठूलो ढुङ्गा फेला पर्यो । खन्दै जाँदा त्यो शिलालेख हो भन्ने पत्ता लागेपछि खन्न रोकियो । पुरातत्व विभागसम्म खबर पुग्यो ।

शिलालेखको अध्ययन सुरु भयो । अंशुवर्माकालिन रहेको खुल्यो ।

शिलालेख लिच्छवी लिपी र प्रौढ संस्कृत भाषामा लेखिएको पाइयो । ६फिट अग्लो शिलालेखको शिरोभागको दायाँबायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिन्ह कुँदिएको छ । स्पष्ट रुपमा अंशुवर्मा लेखिएको भेटियो । राजा वृषदेवले बनाएको विहारको उल्लेख पाइएको छ ।

शिलालेखमा ५३६ जेष्ठ लेखिएको छ । जुन लिच्छवीकालिन हो । यसले धेरै तथ्यहरु खुल्ने विश्वास गरिएको छ । पाटन क्षेत्र विहार रहेको प्रमाण पुग्ने गरी शिलालेख भेटिएबाट चासो बढेको छ ।

बौद्ध संस्कृतिसम्बन्धी जानकार नरेन्द्र मानन्धरले विगतमा लिच्छविकालिन बौद्ध मानविहार माथि पाटन दरबार क्षेत्र बनाएको भन्ने मान्यतालाई पुष्टि गर्ने ठोस प्रमाण मिलेको तर्क गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्