Logo

संसद् अवरुद्ध हुँदा संघीयता पनि अवरुद्ध हुँदैछ: मन्त्री बडु



काठमाडौँ, ८ पुस। कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले संघीय संसद्को अवरोधले संघीयता नै अवरुद्ध हुन पुगेको बताएका छन्। संसद्को कानुन‚ न्याय तथा मानवअधिकार समितिको बैठकमा संसद्‌मा मन्त्री बडुले लामो समयदेखि संघीय संसद् अवरुद्ध हुँदा संघीयता पनि अवरुद्ध हुँदै गएको बताएका हुन्।

संसद् अवरुद्ध हुँदा संघीय निजामती विधेयक अघि बढाउन नपाइएको र यसले गर्दा प्रादेशिक निजामती सेवा सञ्चालन पनि हुन नपाएको तर्फ ध्यानाकर्षण गराए । यो र संघीयतासँग जोडिएका धेरै विषय संसद्‌मै थन्किएको भन्दै मन्त्री बडुले संसद्को अवरोधकै कारण नागरिकताजस्तो संवेशनशील विधेयक पनि अघि बढ्न नसकेको बताए ।उनले संसद्को अवरोध खोल्न एमालेलाई आग्रह गर्न समितिमा प्रस्ताव पनि गरे ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot