Logo

काँग्रेसको खसआर्य खुल्लातर्फ को को जिते



काठमाडौं, ८ पौष । नेपाली काँग्रेसको खसआर्यतर्फको खुल्ला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले अधिकांश सिटमा जित हासिल गरेको छ । आज सम्पन्न मतगणनामा ७ पदमध्ये देउवा पक्षले ६ स्थानमा जितेको छ ।

डा. शेखर कोइराला पक्षबाट एकजना मात्र खसआर्यतर्फबाट निर्वाचित भएका छन् ।

देउवा पक्षबाट केशवकुमार बुढाथोकी, गोविन्दकुमार शाह, भीम पराजुली, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी विजयी भए । कोइराला पक्षबाट मधु आचार्य मात्र निर्वाचित भए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot