Logo

रञ्जु दर्शना भन्छिन्–‘मैले विवेकशील साझा पार्टी त्याग गरेको हो, तर राजनीति छोडेको छैन्’ (भिडिओसहित)



काठमाडौं, ९ पुस । विवेकशील साझा पार्टी त्याग गरेकी युवा नेतृ रञ्जु दर्शनाले आफूले राजनीतिमा पूर्णविराम नलगाएको स्पष्ट पारेकी छिन् । उनले आफू यसअघि जुन पार्टीमा आवद्ध रहेको हो, त्यसमा भने पूर्णविराम लगाएको बताईन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ दर्शनाले अहिले आफू बसेको पार्टीमा कुनै योगदान गर्न सक्ने अवस्था नभएको र आफूलाई मानसिक रुपमा पनि न कुनै वृद्धिविकास गर्न सकेको भन्दै पार्टी परित्याग गरेको स्पष्ट पारिन् । उनले आफूले राजनीति भने नछोडेको स्पष्ट पारिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot