Logo

एमसीसीको कारण पाँच दलीय गठबन्धन टुट्दैन, प्रधानमन्त्री देउवाले नै चुनाव गराउनुहुन्छ : अर्थमन्त्री जनार्दन शर्मा (भिडिओसहित)



काठमाडौं, ९ पुस । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माले अहिले एमसीसीको बारेमा छलफल चलिरहेकोले नेगेटिभ टिकाटिप्पणी गर्न आवश्यक नरहेको स्पष्ट पारेका छन् ।

मन्त्री शर्माले एमसीसीको कारण पाँच दलीय गठबन्धन नटुट्ने पनि जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने स्पष्ट पारे ।

उनले भने,‘यो गठबन्धन कायम रहन्छ । यही सरकारले अबको निर्वाचन गराउँछ। माओवादी पनि एक्लै चुनावमा जान तयार छ । कांग्रेसपनि तयार छ । यो त भोलिको दिनमा छलफल गर्दै जाने विषय हो ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को पूरा कार्यकाल व्यतित गरेर उनकै नेतृत्वमा चुनाव हुने दाबी गरे । उनले एमसीसीको समाधानको लागि अहिले नेतृत्व तहमा समाधानको लागि पहल भैरहेको पनि जिकिर गरे । उनले शीर्ष नेताहरुले राष्ट्रिय सहमतिको लागि पहल भैरहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot