Logo

नबिल बैंकले गर्यो खल्ती डिजिटल वालेटसँग सम्झौता



काठमाडौं, ९ पुस । नबिल बैंकले खल्ती डिजिटल वालेटसँग मोबाईल भुक्तानी सम्बन्धी सम्झौता गरेको छ । दुई कम्पनीबीचको सम्झौतापछि बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन् ।

नबिल बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्ने बैंकले जनाएको छ ।

खल्ती, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, लाईट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ साईटमा भुक्तानी जस्ता ६० हजार भन्दा बढी सेवाहरुको डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्