काठमाडौं, ९ पुस । सिद्धार्थ बैंकले १९औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “सम्बन्ध सधैभरीलाई” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा लिई नेपाल रेडक्रश सोसाइटी कास्कीको सौजन्यमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा करीब ६० जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।
काठमाडौं हातिशार केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १८९ वटा शाखा ९४ एकस्टेसन काउन्टर तथा २०९ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै, बैंकले एसएमएस बैंकिङ, मोबाइल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।