Logo

बंगलादेशविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल



काठमाडौं, ९ पुस । एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शुक्रबार) बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

सारजाह क्रिकेट मैदानमा भइरहेको खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।

आज दुबै टोलीले जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।

इतिहास हेर्दा नेपालभन्दा बंगलादेश बलियो देखिन्छ ।

नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot